PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फ्रेन्च लिग : पिएसजीको अपराजित यात्रा कायमै, मोनाको बराबरीमा रोकियो



पहिलोपोस्ट

फ्रेन्च लिग : पिएसजीको अपराजित यात्रा कायमै, मोनाको बराबरीमा रोकियो

एडिनसन कभानीको दुई गोल मद्दतमा लिग लिडर पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-१ ले पराजित गरेको छ।

सिजनको एक मात्र अपराजित टोली पिएसजीले अपराजित यात्रालाई १३ खेलसम्म पूर्‍याएको छ।

पिएसजीको जितमा कभानीले २ गोल गरे भने एन्जल डि मारिया र ज्याभिएर पास्टोरले एक एक गोल गरे।

अर्को खेलमा मोनाको अमिएन्ससँग १-१ को बराबरीमा रोकिएपछि पिएसजीले ६ अंकको अग्रता बनाएको छ। सर्ज गाप्केको गोल मार्फत एमिएन्सले घरेलु मैदानमा पहिले अग्रता लिएपछि स्टेभन जोभेटिकलले बराबरी गोल फर्काउँदै मोनाकोलाई १ अंक दिलाए।

१३ खेलबाट २९ अंक रहेको मोनाको दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell