PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उम्मदेवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी



पहिलोपोस्ट

उम्मदेवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा पारिने बताएका छन्। 

नेपाल प्रेस युनियनले डडेल्धुरामा आज विहान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै आफू सोमबार राजधानी फर्केपछि सबैसँग छलफल गरी सुरक्षा व्यवस्था अझै कडा पारिने बताए। 

प्रधानमन्त्रीले भने,‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाहेक अरु कसैले पनि आतंक मच्चाएको खबर छैन, हमला गर्ने र हमलाको प्रयास गर्नेलाई पक्राउ गरी कडा कारबाही गरिनेछ। सुरक्षा व्यवस्था कडा पारी भव्य रुपमा चुनाव भएरै छाड्छ, यसमा शंका गर्नुपर्ने कुनै कुरा छैन।’

सरकार र चिनियाँ कम्पनी ‘थ्री गर्जेज’बीच पश्चिम सेती परियोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले भने,‘अब पश्चिम सेती परियोजना आइसक्यो, थ्री गर्जेज कम्पनी ठूलो कम्पनी हो, धेरै विद्युत् आयोजना परियोजना निर्माण गरिसकेको कम्पनी भएकाले उसमा हाम्रो विश्वास छ।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell