PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

प्रकाशको प्रस्थान : १:३० मा पेरिसडाँडा, ४ बजे आर्यघाट



सागर बुढाथोकी

प्रकाशको प्रस्थान : १:३० मा पेरिसडाँडा, ४ बजे आर्यघाट

काठमाडौं : प्रकाश दाहालको निधनको विषयलाई लिएर नर्भिक अस्पतालले पत्रकार सम्मेलन गर्ने तयार गर्दै छ भने नेकपा माओवादी केन्द्रले उनको श्रद्धाञ्जलि र अन्त्यष्टिको तयारी थालेको छ।

नर्भिक अस्पतालबाट दिउँसो १:३० बजे उनको शव पार्टी कार्यालय पेरिसडाँडा लैजाने कार्यक्रम छ। पार्टी प्रवक्ता पम्फा भुसालले अस्पतालबाटै दिएको जानकारीअनुसार दिउँसो ४ बजे उनको शव आर्यघाट पुर्‍याइने छ।

थापाथलीस्थित नर्भिक अस्पताल परिसरमा ठूलो भिड लागेको छ। प्रकाश दाहालका पिता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रकाशका पत्नीहरु विना मगर र सृजना त्रिपाठी पनि अस्पतालभित्रै छन्। अन्य राजनीतिक दलका नेताहरु पनि अस्पतालमा छन्।

एकमात्र छोराको निधनको खबर पाएपछि झापामा रहेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौँ फर्किएका थिए।

उनलाई छाड्न एमाले अध्यक्ष केपी ओली सँगै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell