PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आगलागीमा परी चीनमा १९ जनाको मृत्यु, ८ घाइते



पहिलोपोस्ट

आगलागीमा परी चीनमा १९ जनाको मृत्यु, ८ घाइते
फोटो श्रोतः china.org

बेइजिङ :  चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। 

छिङजिन गाँउमा रहेको घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। 

आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो। आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो। 

स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell