PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

मृत्युको ३ घन्टापछिमात्रै अस्पताल पुर्‍याइएका थिए प्रकाश, चिकित्सक भन्छन् : सडेन हर्ट अट्याक



सागर बुढाथोकी

मृत्युको ३ घन्टापछिमात्रै अस्पताल पुर्‍याइएका थिए प्रकाश, चिकित्सक भन्छन् : सडेन हर्ट अट्याक

काठमाडौं : नर्भिक अस्पतालले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई मृत अवस्थामा अस्पताल पुर्‍याइएको बताएको छ। आइतबार दिउँसो प्रेस ब्रिफिङ गर्दै अस्पतालले भनेको छ – अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको थियो। दाहाललाई बिहान ५:५० बजे अस्पताल पुर्‍याइएको थियो।

'यहाँ ल्याइपुर्‍याउँदा शरीर चिसो र कडा भइसकेको थियो। कम्तिमा पनि ३ घन्टा अगाडि मृत्यु भइसकेको थियो,' नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टले भने, 'अवस्था हेर्दा आकस्मिक हृदयघात भएको देखिन्छ।'

भट्टका अनुसार प्रकाशलाई दुई जना सुरक्षा गार्डले अस्पताल पुर्‍याएका थिए। 'हामीले इसीजी गर्न खोज्यौं। उनको मृत्यु भइसकेको थियो,' भट्टले भने।

बिहान ६ बजे अस्पतालले उनलाई मृत ठहर गरेको थियो भने भर्खरै पत्रकार सम्मेलनबाट त्यसको पुष्टि गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell