PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रताः प्रदीप ज्ञवाली



पहिलोपोस्ट

कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रताः प्रदीप ज्ञवाली

गुल्मी :  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता भएको बताएका छन्। 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नं १ को निर्वाचन प्रचारमा रहेका ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणाशासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको बताए।

उनले भने,‘त्यसपछि हामी निरंकुश पञ्चायत र राजतन्त्र विरोधी आन्दोलनमा विनासम्झौता लाग्यौँ। यस्तो शक्ति अलोकतान्त्रिक हुनै सक्दैन।’

ज्ञवालीले पञ्चायत विरोधी आन्दोलनमा लाग्दा आफ्ना पार्टीका कतिपय नेता डेढ दशकसम्म कारागारमा बस्न बाध्य भएको स्मरण गर्दै आफूहरूले गरेको दृढताको प्रदर्शनलाई कमजोर नठान्न आग्रह गरे।

उनले भने,‘मलाई दुःख त यसमा लाग्यो कि कम्युनिष्ट शासन आएमा रुन वा अन्तर्वार्ता पनि दिन पाइँदैन भन्ने कांग्रेसका नेताहरु के पढ्छन् ? म उहाँहरूलाई यस प्रकारको वैचारिक शून्यता र दरिद्रता प्रदर्शन नगर्न निःशुल्क सल्लाह दिन चाहान्छु।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell