PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

भावुक हुँदै प्रचण्डले छोराकाे शरीरमा पार्टीको झण्डा ओढाए

भावुक हुँदै प्रचण्डले छोराकाे शरीरमा पार्टीको झण्डा ओढाए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न दलका नेता कार्यकर्ता माओवादी मुख्यालय पेरिस डाँडा पुगेका छन्।

प्रचण्डले छोरा प्रकाशको शरीरमा माला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। त्यस क्रममा उनी निकै भावुक बनेका थिए।

त्यसपछि दिदी रेणुले भाइको शरीरमा माला चढार श्रद्धाञ्जली दिएकी थिइन्। यसैगरी प्रकाशकी कान्छी पत्नी विना मगरले माला चढाइन्। 

त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा माओवादी(क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख ओनसरी घर्तीलगायत नेताहरु प्रकाशलाई श्रद्धाञ्जली दिन पेरिस डाँडा पुगेका थिए। प्रकाशलाई अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell