PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रकाश दाहालको निधनमा राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त



पहिलोपोस्ट

प्रकाश दाहालको निधनमा राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छन्। 

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो। 

समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell