PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

छोराको शरीरमा पिता प्रचण्डले ओढाए पार्टीको झण्डा, आमा सीता र पत्नी सिर्जनाको स्वास्थ्यमा समस्या

छोराको शरीरमा पिता प्रचण्डले ओढाए पार्टीको झण्डा, आमा सीता र पत्नी सिर्जनाको स्वास्थ्यमा समस्या

रासस/पहिलोपोस्ट


काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेरिस डाँडास्थित पार्टी कार्यालयमा लगिएको छोरा प्रकाशको शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

उता, छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ।

श्रीमानको मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ।  

नेपाली कांग्रेस, नेकपा(एमाले), माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुगेका थिए। 

पेरिसडाँडामा श्रद्धाञ्जलिपछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता भुसालले जानकारी दिइन्। 

अस्पताल परिसरमा कलाकारदेखि विभिन्न पार्टीका नेता कार्यकताको भीड लागेको थियो। माओवादी केन्द्र, एमाले, काँग्रेसलगायत अन्य दलका नेता पनि प्रकाशको निधनको खबर थाहा पाएर नर्भिक अस्पताल पुगेका थिए। 

माओवादी केन्द्रका नेता भुसाल, वर्षमान पुन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल काँग्रेसका नेता प्रकाशमान सिंह, डा प्रकाशशरण महत, नायक शिव श्रेष्ठ, रेखा थापालगायत निधनको खबरले बिहानै नर्भिक पुगेका थिए। 

 
ओनसरी घर्ती
माधव नेपाल
वर्षमान पुन
उपराष्ट्रपति नन्दबहादुर पुन
दिदी रेणु दाहाल


ट्रेन्डिङ पोस्ट

Ncell