
काठमाडौं : रुसको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा सहभागि हुने नेपाली टोली घोषणा भएको छ।
सेल्टर आश्रय नेपालले सडक बालबालिकाको राष्ट्रिय फुटबल लिग गर्दै प्रारम्भिक चरणमा छनोट गरेको २६ खेलाडीबाट ९ सदस्यीय अन्तिम टोली छनोट गरेको हो।
यस्तै अतिरिक्त ५ खेलाडीको नाम पनि घोषणा गरिएको छ।

सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा सेभेन ए साइडको हुनेछ।
उक्त विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ। जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन्।
सडक बालबालिका विश्वकप खेल्ने नेपाली टोली
एरोन कार्की (गोलरक्षक–खुशी नेपाल)
मनवीर लामा (रक्षक–खुशी नेपाल)
विकास तिमल्सीना (रक्षक–सांग्रिलाअर्फान्स)
रोहन भुसाल (मिडफिल्डर–खुशी नेपाल)
रमेश शाह (मिडफिल्डर–बालमन्दिर)
सचिन विके (मिडफिल्डर–थ्रीएन्जल्स नेपाल)
सन्तोस खत्री (मिडफिल्डर–बालमन्दिर)
हर्ष ठकुरी (स्ट्राइकर–बालमन्दिर)
पवन शाही (स्ट्राइकर–एक्सन लभ नेपाल)
अतिरिक्त खेलाडीहरु
विशाल बादी (गोलरक्षक–थ्रीएन्जल्स नेपाल)
राजु (रक्षक–ओेसिड)
रोशन कामी (रक्षक–ओसिड)
राजु बादी (मिडफिल्डर–थ्रीएन्जल्स नेपाल)
जिवितकुमार थारु (स्ट्राइकर–थ्रीएन्जल्स नेपाल)
प्रमुख प्रशिक्षक–राजन न्यौपाने