PahiloPost

Jun 24, 2026 | १० असार २०८३

उम्मेदवारको सुरक्षाका लागि सेना परिचालन भएको होइनः प्रधानसेनापति



पहिलोपोस्ट

उम्मेदवारको सुरक्षाका लागि सेना परिचालन भएको होइनः प्रधानसेनापति

काठमाडौं :  प्रधानसेनापति राजेन्द्र क्षत्रीले उम्मेदवारको सुरक्षाका लागि नेपाली सेना परिचालन नभएको बताएका छन्।

रक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षेत्रीले उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट पारे। 

उनले भने,‘आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ’– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना परिचालन हुने कार्यादेश छ।’

प्रधानसेनापति क्षत्रीले चुनाव प्रचारमा रहेका नेतालाई तारो बनाएर गरिएका आक्रमण मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृङ्खल क्रियाकलाप भएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell