PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आइसीसी वुमन्स वर्ल्ड टी-२० एसिया क्वालिफायर : नेपाल र थाइल्याण्ड भिड्दै



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्ड टी-२० एसिया क्वालिफायर : नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं : आइसीसी वुमन्स वर्ल्ड टी-२० क्वालिफायर एसिया अन्ततर्ग पहिलो खेलमा नेपालले आज आयोजक थाइल्याण्डसँग खेल्दैछ। नेपाल र थाइल्याण्डसँगै हङकङ, चीन, मलेसिया र युएई गरी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ।

नेपाल र थाइल्याण्ड बीचको खेल बैंकस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो सबा ३ बजे शुरु हुनेछ।  

यस प्रतियोगिताको लागि नेपाली मिहला टोलीले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ नेपालले चार अभ्यास खेल खेलेको थियो। त्यसमा स्थानिय टोलीलाई पराजित गरेको नेपाल बंगलादेशको राष्ट्रिय टोलीसँग भने हारेको थियो।

 

शीर्ष २ टोली ग्लोबल क्वालिफायरमा पुग्ने

थाइल्याण्डमा हुने एसियन जोनल क्वालिफायरबाट शीर्ष दुई स्थानमा रहने टोली अर्को वर्ष नेदरल्याण्ड्मा हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।

सहभागि ६ टोलीबीच राउण्ड रोविनको लिग हुनेछ र त्यसमा शीर्ष दुई स्थानमा रहनेले सोही मौका पाउनेछ।

यसअघि नै अफ्रिका अमेरिका युरोप र इस्ट प्यासिफिक र एसियाबाट गरी ६ टोली ग्लोबल क्वालिफायरका लागि छनोट भइसकेका छन्। जसमा युगान्डा नेदरल्याण्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी छन्। यस्तै बंगलादेश र आयरल्याण्डले पनि ग्लोबल क्वालिफायर खेल्नेछन्।

बंगलादेश टूरमा जानुअघि नेपालका प्रशिक्षक सामसन थापाले क्वालिफायरमा ५ वटा टोलीले मात्र खेल्ने बताएका थिए। तर क्रिकेटको सर्वोच्च निकाय आइसीसीले आफ्नो अफिसियल साइटमा ६ वटै टोलीले खेल्ने उल्लेख गरेको छ र खेल तालिका पनि सोहि अनुसार नै छ।


यो पनि पढ्नुस्
 

वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : नेपाली महिला टोलीको क्याम्प शुरु, प्रशिक्षकमा सामसन थापा

 

ब्याटिङमा फोकस महिला क्रिकेट, विश्वकप छनोटअघि बंगलादेशमा अभ्यास खेल खेल्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell