PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ला लिगा : भ्यालेन्सियाको अपराजित यात्रा कायमै, लगातार आठौँ जित



पहिलोपोस्ट

ला लिगा : भ्यालेन्सियाको अपराजित यात्रा कायमै, लगातार आठौँ जित

स्पानिस ला लिगामा यस सिजन भ्यालेन्सियाले गज्जबकै प्रदर्शन गरिरहेको छ। भ्यालेन्सियाले अपराजित यात्रालाई १२ खेलसम्म पूर्‍याउने क्रममा गएराती स्पानयोललाई २-० ले हरायो।

भ्यालेन्सियाका लागि जिओफ्रे कोन्डोगबिय र सान्ती मिनाले १-१ गोल गरे।  यस सिजन भ्यालेन्सियाको यो लगातार आठौँ जित हो।

ला लिगामा १२ चरणको खेल खेलिसक्दा शीर्ष स्थानको बार्सिलोनासँगै अपराजित रहने अर्को टोली हो भ्यालेन्सिया। पहिलो लेगको १९ मध्ये भ्यालेन्सियाले दुवै मड्रिड क्लबसँग खेलिसकेको छ भने बार्सिलोनासँग अर्को साता खेल्दैछ।

भ्यालेन्सियाले रियल र एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको थियो भने सेभियालाई पराजित गरेको थियो।

१२ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनालाई उछ्याइरहेको छ। १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ।

ला लिगाकै अन्य खेलमा भियारियालले एथ्लेटिक विल्वाओसँग १-१ को बराबरी खेलेको छ भने लेभान्टेले लसपलमसलाई २-० ले पराजित गरेको छ। मालागाले सिजनको दोस्रो जित हात पार्ने क्रममा डेपोर्टिभा ला कुरानालाई ३-२ ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell