PahiloPost

Jun 24, 2026 | १० असार २०८३

वाम गठबन्धन ठगहरुको झुण्ड : उपेन्द्र यादव



पहिलोपोस्ट

वाम गठबन्धन ठगहरुको झुण्ड : उपेन्द्र यादव

सप्तरी :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन्। 

सप्तरीको छिन्नमस्ता गाउँपालिका वड़ा नम्बर तीन गोविन्दपुरमा आयोजित चुनावी सभामा अध्यक्ष यादवले झूठ बोलेर ठग्ने र जनतालाई गुमराहमा राख्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने बताए। 

यादवले भने,‘वाम गठबन्धन मधेशसहित पूरै देशका लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ।’ 

अध्यक्ष यादवले मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको आरोप लगाए। यादवले भने,‘मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो। जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ।’

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड्ने उनले दावी गरे। सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell