PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

क्यानडाबाट सुटुक्क नेपाल फर्किए लोकमान



पहिलोपोस्ट

क्यानडाबाट सुटुक्क नेपाल फर्किए लोकमान

काठमाडौँ: सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि क्यानडाबाट नेपाल फर्किएका छन्।

कार्की यही मंसिर १ गते दिल्ली हुँदै काठमाडौँ आएका हुन्। स्रोतका अनुसार कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएका हुन्। कार्कीसँगै श्रीमती सुनीता पनि नेपाल फर्किएको स्रोतले बतायो।

अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएसँगै कार्की क्यानडा पुगेको थिए। २०७३ पुस २४ गते सर्वोच्च अदालतले कार्कीको योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन मार्फत् कार्कीको नियुक्ति बदर गरेको थियो। संसदमा महाभियोग विचाराधीन रहेकै अवस्थामा कार्की पदमुक्त भएका थिए।

अदालतको फैसला कार्यान्वयनसँगै २०७३ माघमा कार्की नयाँ दिल्ली हुँदै क्यानडा प्रस्थान गरेका थिए। क्यानडा जानुअघि उनी केही दिन दिल्ली बसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell