PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

डेब्युमै एटिपी टेनिस फाइनलको उपाधि जिते ग्रीगोर दिमित्रोभले



पहिलोपोस्ट

डेब्युमै एटिपी टेनिस फाइनलको उपाधि जिते ग्रीगोर दिमित्रोभले

बुल्गेरियल खेलाडी ग्रीगोर दिमित्रोभले सिजनको अन्तिम टेनिस टुर्नामेन्ट एटिपी फाइनलको उपाधि जितेका छन्।

पहिलो सहभागितामै अपराजित रहदै च्याम्पियन बनेका दिमित्रोभले फाइनलमा बेल्जियन डेभिड गोफिनलाई २-१ को सोजो सेटमा पराजित गरे।  लण्डनको ओ-२ एरेनामा भएको फाइनलमा दिमि१भले गोफिनलाई ७-५, ४-६, ६-३ ले पराजित गरे।

१९ वर्ष यता डेब्युमै उपाधि जित्ने दिमित्रोभ पहिलो खेलाडी समेत बनेका छन्। यसअघि सन् १९९८ मा स्पेनका एलेक्स कोरेट्जाले पहिलो सहभागितामै एटिपी फाइनलको उपाधि जितेका थिए।

५ खेलमा च्याम्पियन बनेपछि दिमित्रोभले १९ लाख पाउण्ड प्राइज मनी जितेका छन्।

'उत्कृष्ट, मेरो लागि सोच्नै नसकिने उपलब्धी तर मैले अझै धेरै दिनुछ।' ओ-२ एरेनामा एटिपीको ट्रपी उचालेपछि दिमित्रोभले भने।

उपाधि जितेपछि दिमित्रोभले तेस्रो स्थानमा रहदै यस वर्षको अन्तय गर्नेछन् भने गोफिन सातौँ स्थानमा रहनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell