PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एमाले मधेश विरोधी पार्टी होइनः ओली



पहिलोपोस्ट

एमाले मधेश विरोधी पार्टी होइनः ओली

विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन्। 

विराटनगर महानगरापालिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धिलगायतका कार्यक्रममा वजेट विनियोजन गरिएको बताए। 

उनले केही राजनीतिक दलका कारण मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप लगाए। 

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गोठगाउँमा सञ्चालनमा आउने, काँकडभिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण, विराटनगर विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell