PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रधानमन्त्री देउवाद्वारा प्रकाश दाहालप्रति श्रद्धाञ्जली



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाद्वारा प्रकाश दाहालप्रति श्रद्धाञ्जली

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास लाजिम्पाट पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

आज बिहान लाजिम्पाट पुगेर प्रधानमन्त्री देउवाले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली दिएका हुन्।साथै पुत्रशोकमा रहेका प्रचण्डको परिवालाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गरेका हुन्।

त्यसैगरी, प्रचण्ड परिवारलाई समवेदना दिन एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका थिए।

प्रचण्ड पुत्र प्रकाशको आइतबार विहान हृदयघातबाट निधन भएको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell