PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : थाइल्याण्डद्वारा नेपाललाई ९१ रनको लक्ष्य



पहिलोपोस्ट

वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : थाइल्याण्डद्वारा नेपाललाई ९१ रनको लक्ष्य

काठमाडौं : आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत पहिलो खेलमा आयोजक थाइल्याण्डले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो। थाइल्याण्डकी नारुमोल चाइवाईले नटआउट २३ रन बनाइन्। त्यस्तै, ओपनर नाटाकम चन्तमले १८ तथा स्वर्णामी टिपोचले १५ रन जोडिन्। थाइल्याण्डका दुई खेलाडी रनआउट भए।

नेपालका लागि सरिता मगरले २ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १ विकेट लिए।

९१ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ३.४ ओभरमा कुनै विकेट नगुमाई १० रन बनाएको छ। वर्षाले प्रभावित भएप५ खेल अहिले रोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell