PahiloPost

Jun 24, 2026 | १० असार २०८३

टोरन्टो ओपन तेक्वान्दोमा नेपालका यानकुमारीलाई स्वर्ण



पहिलोपोस्ट

टोरन्टो ओपन तेक्वान्दोमा नेपालका यानकुमारीलाई स्वर्ण

काठमाडौं : क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन्। क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी हुन्।

नेपालका अन्य २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे। टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदकविहिन रहे।

महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन्। ६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदक विहिन भइन्। 

च्याम्पियनसिपमा हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell