PahiloPost

Jun 24, 2026 | १० असार २०८३

माओवादीले जनयुद्ध पैसासँग साट्यो भन्दै पोलिटव्यूरो सदस्य जगत पार्की प्रवेश गरे कांग्रेसमा



पहिलोपोस्ट

माओवादीले जनयुद्ध पैसासँग साट्यो भन्दै पोलिटव्यूरो सदस्य जगत पार्की प्रवेश गरे कांग्रेसमा

डडेल्धुरा :  नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मी उप्रेतीसहित माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्। 

उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर कांग्रेसमा स्वागत गरेका थिए। कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा आफुहरु प्रवेश गरेको बताए।

‘माओवादीले हिजोको जनयुद्ध सवै पैसासँग साटिसक्यो’ पार्कीले भने, ‘अव यो मुलुकमा कांग्रेस बाहेक हरु राम्रा पार्टी नरहेकाले हामी कांग्रेस प्रवेश गरेका हो।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell