PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा,चुनावी कार्यक्रम नगर्न प्रशासनको आग्रह 



पहिलोपोस्ट

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा,चुनावी कार्यक्रम नगर्न प्रशासनको आग्रह 

मन्थली :  रामेछापको बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सुनापति गाउँपालिकाको वडा नं ४ को बेथान र आसपासको क्षेत्रलाई मंगलबारदेखि लागू हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो।

भोलि वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले त्यस क्षेत्रमा चुनावी कार्यक्रम नगर्न नगराउन राजनीतिक दललाई आग्रह गरेको छ।बेथानमा भोलि वामम गठबन्धनले वृहत जनसभा गर्ने यसअघि नै तय गरेको थियो। प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि वाम गठबन्धनले गर्ने भनिएको चुनावी सभा अन्योलमा परेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell