PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कोलोम्बियामा सडक दुर्घटनामा १४ को मृत्यु



पहिलोपोस्ट

कोलोम्बियामा सडक दुर्घटनामा १४ को मृत्यु

बोगोटा : उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलाकामा आइतबार यात्रामा गइरहेको बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ।

कोलोम्बियाली अधिकारीहरुको जानकारी अनुसार मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ।

यस बसमा कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा यकिन संख्या भने थाहा नभएको तर ठूलो संख्यामा व्यक्तिहरु रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

कोलोम्बियाको राजधानी बोगोटाबाट ५०० किलोमिटर टाढा रहेको एक राजमार्गमा दुर्घटना भएको थियो। रासस/सिन्हवा
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell