PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जिते राज यादब बने 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल'



पहिलोपोस्ट

जिते राज यादब बने 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल'

जनकपुर: 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७'को उपाधि जिते राज यादबले जितेका छन्l पुर्वाञ्चलको विभिन्न शहरमा भएको अडिसनबाट छानिएकामध्य उनी उत्कृष्ट ठहरिएका हुन्।

यादबले जिते राज यादबलाई नगद २५,००० रुपैयाँ सहित ट्रफी प्रदान गरियोl जनकपुरमा भएको ग्रान्ड फिनालेमा सुष्मिता अधिकारि फर्स्ट रनर्सअप, कृष्ण गुप्ता सेकेण्ड रनर्सअप र मस्ट पपुलर भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादब विजेता बन्न सफल भएl



प्रतिस्पर्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व बिकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास समन्धि विषयहरुमा प्रशिक्षण दिएको आयोजक डेभिल सिंह राजपुतको दाबी छ।

कोरियोग्राफर रब्स सापकोटाले कोरियोग्राफ्री गरेको 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७' सौन्दर्य प्रतियोगिता मोडल सङ्स नेपालले आयोजना गरेको होl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell