PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कांग्रेस नेता विमलेन्द्र निधि श्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना



पहिलोपोस्ट

कांग्रेस नेता विमलेन्द्र निधि श्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना

काठमाडौँ :  छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आज राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन्। 

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ। 

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । 

निधि आज अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए। जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी आज नै काठमाडौं आएका थिए। निधि धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell