PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कृष्ण सिटौलाको आग्रहः गणतन्त्र विरोधीलाई मतदान नगर्नुस्



पहिलोपोस्ट

कृष्ण सिटौलाको आग्रहः गणतन्त्र विरोधीलाई मतदान नगर्नुस्

भद्रपुर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासँग आग्रह गरेका छन्। 

चुनावी अभियानअन्तर्गत भद्रपुरको भानुचोकमा आयोजित कोणसभामा सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका उम्मेदवारलाई मत नदिन आग्रह गरे। 

झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका  नेता टौलाले संस्थागत भई नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नुपर्ने बताए। उनले परिवर्तन विरोधीलाई पाखा लगाउन सबैमा अपिलसमेत गरे। 

परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लाग्नुहुँदैन, उनले भने,“ कम्युनिष्ट मतदाताले पनि लोकतन्त्र र परिवर्तनका पक्षधर नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न सक्नुपर्छ।” रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell