PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बुबाको किरिया बसेका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज पक्राउ



पहिलोपोस्ट

बुबाको किरिया बसेका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज पक्राउ

बैतडी: बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो।

विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

बुबाको निधनमा किरिया बस्नुभएका जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन्। कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए। प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ।

प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका छजना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell