PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लोकतान्त्रिक गठबन्धनको चुनावी घोषणापत्र : बेलहिया–कोरला सीमा नाकासम्म सडक



पहिलोपोस्ट

लोकतान्त्रिक गठबन्धनको चुनावी घोषणापत्र : बेलहिया–कोरला सीमा नाकासम्म सडक

भैरहवा :  आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा लोकतान्त्रिक गठबन्धनले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। गठबन्धनले भैरहवामा पत्रकार संयुक्त पत्रकार सम्मेलन गरी आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।
 
घोषणापत्रमा कम्युनिष्टहरुको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतिलाई नै अन्यौलतर्फ धकेलिरहेको र लोकतान्त्रिक शक्तिहरुको बीचमा सहमति, सहकार्य र एकताको वातावरण कमजोर बनेमा ७ दशकको संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको देशको लोकतान्त्रिक संविधान कार्यान्वयन हुने विषयमासमेत शंका उत्पन्न हुने अवस्था आउने उल्लेख गरिएको छ।
 
उसले ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई बनाउनेदेखि बेलहिया–कोरला सीमा नाकासम्म आवातजवात गर्ने सडक निर्माण गर्न विशेष पहल गरिनेसम्मको विकास कार्यक्रमलाई घोषणा पत्रमा समेटेको छ।
 
त्यस्तै अगामी ३ वर्ष भित्रमा यस क्षेत्रको शिक्षा दरलाई वर्तमान ७४ प्रतिशत बाट ९० प्रतिशत पुर्याउने, १२ कक्षासम्म निःशुल्क अध्ययनको सुविधा, मोतिपुरमा शिक्षण अस्पताल स्थापना गर्ने, ३ वर्षमा यस क्षेत्रमा क्यान्सर डिटेक्सन सेन्टरको स्थापना गरिने, भिम अस्पतालाई स्तरोन्नती गरी ५० शैयाको बनाउनुका साथै २५/२५ शैयाको नयाँ अस्पतालको व्यवस्था गरिने  कार्यक्रम पनि रुपन्देही ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले सार्वजनिक गरेका छन्।
 
यस्तै मंगलापुर– रगरगंज– हुदै भैरहवा विमानस्थल पुग्ने सडकको निर्माण गर्ने, निम्नदरमा मलखादको व्यवस्था गर्ने तथा कृषकको जीवन उकास्ने नीति अपनाइने, गुनासो सुन्नका लागि निःशुल्क टोल फ्रि नम्बरको स्थापना गर्ने, हरेक घरमा इन्टरनेटको सेवा सुविधा इ रिडिङको सुविधा तथा विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने, भैरहवा विमानस्थलको निर्माणकार्यमा भइरहेको ढिला सुस्तीका कारण तथा कारकहरुको पहिचान गरी त्यस्ता बाधाहरुलाई हटाई छिटो छरितो कार्यहरु गराइने घोषणपत्रमा उल्लेख छ।
 
पत्रकार सम्मेलनमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराले विकास निर्माण तथा संविधान कार्यान्वयन लोकतान्त्रिक गठबन्धनको जितको मूख्य आधार रहेको बताए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell