PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मन्त्री पाण्डेको घर पछाडि राखिएको बम सेनाले पार्‍यो निष्क्रिय



पहिलोपोस्ट

मन्त्री पाण्डेको घर पछाडि राखिएको बम सेनाले पार्‍यो निष्क्रिय

चितवन :  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर दुईस्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ। 

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। 

निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति बनाउने र तर्साउनका लागि बम राखिएको ढकालले बताए। पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।

पाण्डेको निवास अगाडि रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि आफ्नै कालिका कन्स्ट्रक्सन छ। घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो। सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell