PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कर्मचारीलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन नगरपालिकाको निर्देशन



पहिलोपोस्ट

कर्मचारीलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन नगरपालिकाको निर्देशन

नवलपरासी : नवलपरासीको गैँडाकोट नगरपालिकाले सरकारी शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। 

नगरपालिकाले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन गैँडाकोटका सबै सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीलाई निर्देशन दिएको हो। 

राजनीतिक दलका कार्यक्रममा विद्यार्थीलाई सहभागी नगराउन पनि आग्रह गरिएको छ। साथै राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएमा त्यस्ता शिक्षक एवं कर्मचारीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ। 

केही दिनअघि गैँडाकोट नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि नगरपालिकाले यस विषयमा चासो देखाएको हो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell