PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'मिस नेपाल युनिभर्स २०१७'ले गरिन् भोटको लागि आग्रह



पहिलोपोस्ट

'मिस नेपाल युनिभर्स २०१७'ले गरिन् भोटको लागि आग्रह

काठमाडौं: मिस युनिभर्स २०१७ मा भोट खुला गरिएको छ। जसका लागि नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नग्मा श्रेष्ठ आफुलाई भोट गर्न आग्रह गरेकी छिन्। पहिलोपटक मिस युनिभर्समा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताइन्।

नोभेम्बर २० देखि सुरु भएको भोटिङ प्रक्रियामा एक जिमेल आइडीबाट दिनमा १० वटासम्म भोट गर्न पाइनेछ। साथै उनलाई ट्वीटर मार्फत भोट गर्न #MissUniverse #Nepal लेखेर ट्विट गर्न सकिनेछ। जसको रिट्विट पनि गनिनेछ। नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा नेपालको संस्कृती झल्कने मण्डल सहित आफूलाई प्रस्तुत गर्नेछिन्।

प्रतिस्पर्धामा रहेकी नग्मा श्रेष्ठ भन्छिन्,'पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुशी साथै जिम्मेवारी बोध महसुस भएको छ।' उनले मिस नेपाल युनिभर्स घोषणा भएसँगै आफूलाई तयार गर्न विभिन्न प्रशिक्षण लिइरहेको र आफ्नो मिहेनतलाई सफल पार्न तर भोटको आवश्यता पर्ने बताइन्।

उनलाई भोट गर्नको लागि यहाँ क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell