चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभामा सहभागी हुन चितवनको भरतपुर आइपुगेका छन्।
छोरा प्रकाश दाहालको निधन भएको तेस्रो दिन प्रचण्ड भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको सभामा सहभागी हुन चितवनको भरतपुर आएका हुन्। उनले सभालार्इ भने सम्बोधन नगर्ने बताइएको छ।
सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत माओवादी नेताहरुले सम्बोधन गर्दैछन्। प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।