PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सोलुका दुर्गम क्षेत्रका मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने



पहिलोपोस्ट

सोलुका दुर्गम क्षेत्रका मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने

सोलुखुम्बु :  सोलुखु्म्बुका अतिदुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ। 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो। 

भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। 

लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्ह्मु गाउँपालिकामा रहेको मतदान केन्द्र अतिदुर्गम मानिएको छ। महाकुलुङ र दूधकौशिका गाउँपालिकाको केही भागमा रहेको मतदान केन्द्र पनि अतिदुर्गममा पर्दछन्। 

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यस जिल्लामा ११८ मतदानस्थल र १२५ मतदान केन्द्र छन्। 

अतिदुर्गम क्षेत्रका मतदान केन्द्रमा पुग्न सदरमुकामदेखि चार दिन पैदल हिँड्नुपर्छ। चिसो बढेसँगै भरिया पाउन पनि समस्या हुन्छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell