PahiloPost

May 14, 2024 | १ जेठ २०८१

पाल्पा जिल्ला कस्को किल्ला, वाम गठबन्धन कि लोकतान्त्रिक गठबन्धन ?



चन्द्रकान्त खनाल

पाल्पा जिल्ला कस्को किल्ला, वाम गठबन्धन कि लोकतान्त्रिक गठबन्धन ?

रुपन्देही :  मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव दलका प्रभावशाली नेताले उम्मेदवार दिएपछि पाल्पामा चुनावी माहोल बढेको छ। चुनाव नजिकिदै जाँदा नेताहरु आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने सहरदेखि गाउँगाउँमा पुगेर आफ्ना घोषणापत्र दिएका छन्।

आफ्ना घोषणा बाड्न  वृद्धदेखि बालकसम्म हिडेका छन्।  चुनावभन्दा पहिले पुगेका नेताहरु फेरि चुनावमा मतदाता खोज्दै गाउँगाउँमा घुमेको देखिन्छ। स्थानियले भने नेता गाउँ आउन चुनाव नै आउनु पर्ने बताएका छन्।


भौगोलिक दृष्टीकोणले पहाही भूभाग रहेको पाल्पामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका बीच प्रतिस्पर्धा देखिएको छ।

वाम गठबन्धनका तर्फबाट एमालेका नेता तथा पूर्वमन्त्री सोमप्रसाद पान्डे पूर्वमन्त्री दलबहादुर राना र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका नेता हरिप्रसाद नेपाल र नेता विजय राज घिमिरे रहेका छन्। पाल्पा जिल्लामा ३ निर्वाचन क्षेत्र रहेकोमा अहिले २ मात्र कायम गरिएको छ।

जिल्ला निर्वाचन कार्यलय पाल्पाका अनुसार अहिले जिल्लामा १ लाख ८१ हजार २ सय ५३ मतदाता रहेका छन्। जसमा क्षेत्र नं १ मा ८५ हजार ९ सय ८३ र क्षेत्र नं २ मा ९५ हजार २ सय ७० रहेको जिल्ला निर्वाचन कार्यलय पाल्पाले जनाएको छ। जिल्लामा मतदानस्थल १ सय १८ र मतदान केन्द्र २ सय २६ तोकिएको जिल्ला निर्वाचन कार्यलय पाल्पाकी प्रमुख  धर्मा अर्यालले बताइन।

जिल्लामा प्रदेश सभाका ४ जना उम्मेदवार रहेका छन्। एमाले र माओवादीबीच गठबन्धन बाहुल्य रहेको देखिएको छ। लोकतान्त्रिक गठबन्धनले पनि कडा मेहनत गर्नुपर्ने रहेको छ। 

कांग्रेसले जितेको २ नम्बर क्षेत्रमा अहिले पूर्वमन्त्री सोमप्रसाद पान्डे  र कांग्रेका नेता हरिप्रसाद नेपाल बीच प्रतिस्पर्धा हुने देखिएको छ। 

क्षेत्र नं १ मा एमालेको तर्फबाट मन्त्री भएका दलबहादुर राना र कांग्रेसका नेता विजयराज घिमिरे बीच  प्रतिस्पर्धा रहेको छ। अन्य दलहरुले अस्तित्वको लागि उम्मेदवार दिए पनि उनीहरुको प्रतिस्पर्धा भने कम रहेको छ। 


क्षेत्र नं १ मा राना र घिमिरेको प्रतिस्पर्धा

जिल्लाको क्षेत्र नं १ मा एमालेका पूर्वमन्त्री दलबहादुर राना र कांग्रेसका नेता विजयराज घिमिरे सहित ५५ जनाले उम्मेदवार दिएका छन्।

प्रतिनिधि सभाको लागि २२ जना र प्रदेश सभामा ३२ जना चुनावी मैदानमा उत्रिएका छन् तर उनीहरुको बाहुल्यता कम रहेको भए पनि एमाले र माओवादीबीच भएको गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ।

स्थानीय निर्वाचनको मतलाई हेर्ने हो भने एमालेका २६९१४ र माओवादीको २७४२ गरी २९६८२ रहेको छ। कांग्रेसको २००१६ र राप्रपाको केही मत रहेको छ। यस आधारमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका बीचमा ९००० भन्दा बढीको फरक देखिएको छ।

स्थानीय तहमा गाउँका मान्छेलाई हेरेर मतदान गरेका थिए भने अहिले त्योभन्दा फरक रहने बताएका छन्। यो क्षेत्रमा जनमोर्चाले वालबहादुर दर्लामीलाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ।
 

क्षेत्र नं २ मा पाण्डे र नेपालबीच प्रतिस्पर्धा

पाल्पा जिल्लाको क्षेत्र नं २ मा वाम गठबन्धको तर्फबाट एमालेका पूर्वमन्त्रीसमेत रहेका सोमप्रसाद पाण्डे र कांग्रेसका नेता एवं निर्वतमान सभासद हरिप्रसाद नेपालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

दुवै गत निर्वाचनका विजयी उम्मेदवार हुन्। यस क्षेत्रमा ९५ हजार २ सय ७० मतदाता रहेका छन्। दुवै गत निर्वाचित जनप्रतिनिधि रहेकोले दुवैलार्इ शाख जोगाउने चिन्ता रहेको छ।


स्थानीय चुनावमा वाम गठबन्धको तर्फबाट उम्मेदवार भएका पाण्डेको ३८ हजार ४ सय १३ र माओवादीको १५ हजार १ सय ३३ मत रहेको छ।  दुवैको कुल ५३ हजार ५ सय ४४ मत रहेको छ।

लोकतान्त्रिक गठबन्धको तर्फबाट उम्मेदवार रहेका नेपालको ३७ हजार १ सय ४९ मत रहेको छ। स्थानीय चुनावको मतलाई  हेर्ने हो भने १६ हजारको मतान्तर रहेको देखिन्छ।

राष्ट्रिय जनमोर्चाले पनि यो क्षेत्रमा प्रतिनिधि सभासदस्यमा उम्मेदवारी दिएको छ। प्रतिनिधि सभा सदस्यका लागि पहलसिंह सिजालीलाई उम्मेदवार बनाएको छ। जनमुक्तिले धनकेशर सुर्यवंशी लगायतले उम्मेदवार दिएका छन्।

 

यी हुन् प्रदेश सभाका उम्मेदवार

नेकपा एमाले र माओवादीबीच भएको वाम गठबन्धका तर्फबाट पाल्पा क्षेत्र नं १ मा  युराज खनाल र नारायण आर्चायले उम्मेदवारी दिएका छन्। 

कांग्रेसले देवराज ढकाल र दानबहादुर पछाइलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनमोर्चाले पुर्णबहादुर फाल र हरिप्रसाद गैरेलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ।

अन्य दलले पनि प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् तर उनीहरुले दलको अस्तित्व कायम गर्नको लागि दर्ता गराएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell