PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

राष्ट्रपति मुगाबेलाई महाअभियोग लगाउने आफ्नै दल जानुपीएफको  तयारी



पहिलोपोस्ट

राष्ट्रपति मुगाबेलाई महाअभियोग लगाउने आफ्नै दल जानुपीएफको  तयारी
फोटो श्रोतः bbc.com

हरारे :  जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ। सो प्रक्रिया अघि बढाइने तयारी गरेको जनाइएको छ।  

आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ। 

आफ्नै राजनीतिक दलले राजीनामा दिन भन्दा पनि नमानेपछि उनीविरुद्ध महाभियोग प्रस्ताव मङ्गलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ। 

सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो। तर उनले राजीनामा नदिएपछि उनलाई महाभियोग लगाउने तयारी गरिएको पार्टीका सदस्यहरुले जानकारी दिएका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell