PahiloPost

Jun 24, 2026 | १० असार २०८३

युइएफए 'अल्टिमेट टिम अफ दी इअर'मा बार्सिलोनाका ६ खेलाडी



पहिलोपोस्ट

युइएफए 'अल्टिमेट टिम अफ दी इअर'मा बार्सिलोनाका ६ खेलाडी

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले अर्को साता टिम अफ दी इअर २०१७ सार्वजनिक गर्दैछ।

त्यसअघि युइएफएले पछिल्लो १६ संस्करणमा टिम अफ दी इअरमा परेको आधारमा युइएफए अल्टिमेट टिम अफ दी इअर सार्वजनिक गरेको छ।

जसमा स्पानिस जायन्ट बार्सिलोनाबाट सर्वाधिक ६ खेलाडी अटाएका छन्। यस्तै रियल मड्रिडबाट ३ तथा लिभरपुल र वार्यन म्युनिख समान १ खेलाडी परेका छन्।

बार्सिलोनामा हाल खेलिरहेका कप्तान आन्द्रेज इनेस्टा, जेरार्ड पिके र लियोनल मेसीसहित पूर्व कप्ताद्वय कार्लोस पुयोल र जाभी तथा थिएरी हेनरी अल्टिमेट टिममा समावेश छन्।  

रियलबाट फरवार्ड क्रिस्टियानो रोनाल्डो, सर्गियो रामोस र गोलरक्षक इकर क्यासियस छन्। लिभरपुलबाट स्टेभन जेराड र वायर्नबाट फिलिप लाहम छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell