भरतपुर : चितवनमा वाम गठबन्धनले आज आयोजना गरेको प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै जनगायक तथा पूर्व सांसद खुशीराम पाख्रिन ढलेका छन्।
जनवादी गायकका रुपमा परिचित पाख्रिनलाई यसअघि चितवन ४ मा भएको उपनिर्वाचनमा उम्मेदवार पनि बनाएको थियो।
उनलाई उपचारका लागि तत्काल नारायणी सामुदायिक अस्पताल लगिएको थियो।
श्रद्धाञ्जली सभालाई एमाले नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए भने सभामा प्रचण्ड र उनकी पत्नी सीता दाहाल पनि उपस्थित थिइन्।