PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका खुशीराम पाख्रिनको निधन



राजेन्द्र आचार्य

प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका खुशीराम पाख्रिनको निधन

भरतपुर : चितवनमा वाम गठबन्धनले आज आयोजना गरेको  प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै ढलेका गायक तथा पूर्व सांसद खुशीराम पाख्रिनको निधन भएको छ। 

उनलाई उपचारका लागि तत्काल नारायणी सामुदायिक अस्पताल लगिएको थियो। अस्पतालका मेडिकल स्टाफ सरिता तिवारीका अनुसार ब्रेन ह्यामरेज भएका उनको शव आफन्त तथा परिचितले भर्खरै अस्पतालबाट बाहिर लिएर गएका छन्। 
 
जनवादी गायकका रुपमा परिचित पाख्रिनलाई माओवादीले यसअघि चितवन ४ मा भएको उपनिर्वाचनमा उम्मेदवार पनि बनाएको थियो। 

श्रद्धाञ्जली सभालाई एमाले नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए भने सभामा प्रचण्ड र उनकी पत्नी सीता दाहाल पनि उपस्थित थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell