PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

स्वार्थका कारण बनेको वाम गठबन्धन निर्वाचन सकिनासाथ भताभुंग हुन्छः शशांक कोइराला



पहिलोपोस्ट

स्वार्थका कारण बनेको वाम गठबन्धन निर्वाचन सकिनासाथ भताभुंग हुन्छः शशांक कोइराला

सोलुखुम्बु :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली कांग्रेसले जित्नु आवश्यक रहेको बताएका छन्। 

सोलुखुम्बुको नेले बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले स्वार्थका कारण वाम गठबन्धन बनेको भन्दै निर्वाचन सकिनासाथ त्यो भताभुंग हुने र त्यसको असर लोकतन्त्रमासमेत पर्ने खतरा रहेको बताए। 

उनले वाम गठबन्धनका कारण कांग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्र भएको भन्दै आगामी निर्वाचनमा कांग्रेस राम्रो स्थानमा आउने दावी गरे। 

महामन्त्री कोइरालाले सोलुखुम्बुको चौँरीखर्कसम्म सडक लैजाने, ओखलढुङ्गाबाट नेचा सडक स्तरोन्नतिलगायतका महत्वपूर्ण काम दुई वर्षभित्र पूरा गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell