PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्न सरकारलाई आयोगको आग्रह 



पहिलोपोस्ट

मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्न सरकारलाई आयोगको आग्रह 

काठमाडौं :  निर्वाचन आयोगले जनताले महसुस गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्नसरकारसँग आग्रह गरेका हुन्।

उनले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशनसमेत दिए।

बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले सु्रक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिए। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानुनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायहरुबीच उच्चस्तरको सम्पर्क एवं समन्वय रहेको र  निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिरहेको जानकारी गराएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell