PahiloPost

May 16, 2026 | २ जेठ २०८३

वीरगंजमा एमाले उम्मेदवारको घरमा बम प्रहार



राधेश्याम पटेल

वीरगंजमा एमाले उम्मेदवारको घरमा बम प्रहार

वीरगंज :  पर्सामा नेकपा एमालेका उम्मेदवारको घरमा आज साँझ अज्ञात समुहले बम प्रहार गरेको छ। पर्सा क्षेत्र नं २ (क)बाट प्रदेशसभातर्फका उम्मेदवार रामचन्द्र साह तेलीको घरमा साँझ सवा सात बजे बम प्रहार भएको हो।

वीरगंज–१० रानीघाट(कुमारीमाई टोल) स्थित उनको घरमा बम प्रहार भउको हो। बम प्रहार भएपछि वीरगंजबासी त्रसित बनेका छन्।

वाम गठबन्धनका साझा उम्मेदवार तेली पछिल्लो सविधानसभामा समानुपातिकबाट सभासद् थिए ।घरको पहिलो तल्लाको झ्यालमा बम पड्केको उनका छोरा दीपक साह तेलीले बताए।

त्यसबेला साह भने एमाले नेता विचारी यादवको छोराको विहेमा श्रीपुर गएका थिए।

सकेट बम घरको झयालबाट फलिएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्। विष्फोटबाट घरको पूर्वपट्टीको झ्यालको सिसा मात्र फुटेको तर कुनै पनि किसिमको मानवीय क्षति नभएको परिवारजनले बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell