PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको शतप्रतिशत जित, ३ गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको शतप्रतिशत जित, ३ गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

प्रिमियर लिगमा शानदार प्रदर्शन गरिरहेको म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा फेयेनुर्डलाई पराजित गरेको छ। यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको सिटीलाई समूह चरणमा पाँचौ जित दिलाउन रहिम स्टर्लिङले ८८औँ मिनेटमा निर्णायक गोल गरे। जितपछि समूहए चमा १५ अंकका साथ सीट शीर्ष स्थानमा छ।

सिटीसँगै प्रिमियर लिगबाट टोटनहम पनि अन्तिम १६ का लागि छनोट भइसकेको छ।

यसै समूहको दोस्रो स्थानमा रहेको साख्तर डोनेस्क भने नेपोलीसँग ३-० ले पराजित भएको छ। जितपछि नेपोलीले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ। तर त्यसका लागि अन्तिम खेलमा म्यानचेष्टर सिटीलाई पराजित गर्नुपर्नेछ भने साख्तर फेयेन्र्डसँग हार्नुपर्नेछ।

नेपोलीलाई जित दिलाउन लरेन्जो इनसिग्ने, पिओर जेलिन्स्की र ड्राइ मर्टेन्सले गोल गरे।

सिटि र टोटनहम विजयी भएको दिन अर्को इंगलिस क्लब लिभरपुल भने ३ गोलको अग्रता लिएपनि सेभियासँग बराबरीमा रोकिएको छ। स्पानिस क्लब सेभियाले उत्कृष्ट कमब्याक गर्दै लिभरपुलसँग ३-३ गोल बराबरी खेलेको हो।

रोवर्टो फिर्मिन्होले २ तथा साडियो मानेको १ गोल मद्दतमा लिभरपुलले पहिलो हाफमा ३ गोलको अग्रता लिएको थियो। तर दोस्रो हाफमा विसा बेन येडेरले २ तथा गुइजो पिजमरोले १ गोल फर्काएपछि सेभियाले लिभरपुलसँग अंक खोसेको हो।

यसै समूहको अर्को खेलमा स्पार्टा मस्को र मरिवोरले १-१ गोलको बराबरी खेलेका छन्। बराबरीपछि लिभरपुलले नकआउट चरण पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ। ५ खेलबाट ९ अंक रहेको लिभरपुल समूह इ को शीर्ष स्थानमा छ। ८ अंकका साथ सेभिया दोस्रो तथा ६ अंक जोडेको स्पार्टा तेस्रो स्थानमा छ। लिभरपुलले अब स्पार्टा तथा सेभियाले मरिवोरसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell