PahiloPost

Jun 24, 2026 | १० असार २०८३

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को रेकर्ड



पहिलोपोस्ट

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को रेकर्ड

रियल मड्रिडबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा एकै क्यालेन्डर इअरमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्।

रोनाल्डोले गएराति एपोएल निकोसियाविरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै सन् २०१७ मा कूल १८ गोल गरेका हुन्। एपोएललाई ६-० ले पराजित गर्दै साविक विजेता रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

सन् २०१६-१७ को सिजनमा १० गोल गरेका रोनाल्डोले २०१७-१८ को सिजनमा ८ गोल गरिसकेका छन्।

यस्तै रोनाल्डोले रियल मड्रिडका लागि सबैखाले युरोपियन क्लब प्रतियोगितामा गोल संख्या १०० पूर्‍याएका छन्। उनले ९५ खेल खेल्दै रियलका लागि सय गोल गरेका हुन्।

च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत आफ्नो नाममा लेखाइसकेका रोनाल्डोको गोल संख्या ११३ पुगेको छ। रोनाल्डोले दोस्रो स्थानको लियोनल मेसीभन्दा १६ गोल बढी गरेका छन्। मेसीले ९७ गोल गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell