PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सरकारी सेवाको अवसरः प्राधिकरणले माग्यो १४१ जना कर्मचारी

सरकारी सेवाको अवसरः प्राधिकरणले माग्यो १४१ जना कर्मचारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल नागरिक उड्डयन प्राधिकरणले १४१ जनशक्ति पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। खुला तथा समावेशी सिद्धान्तका आधारमा पदपूर्ति हुनेछ। 

लोक सेवा आयोगको परामर्शमा प्राधिकरणले बुधबार विज्ञापन प्रकाशन गरेको हो। प्राधिकरणले तह ११ को निर्देशकसहित अधिकृत स्तरका एकसय जना कर्मचारी माग गरेको हो। सहायक स्तरका ४१ जनाका लागि विज्ञापन भएको छ।

सूचना अनुसार पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुरमा थप सात दिनसम्म आवेदन दिन सकिनेछ। दरखास्त फाराम नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा उपलब्ध हुनेछ। 

हेर्नुस् विज्ञापन


ट्रेन्डिङ पोस्ट

Ncell