PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

साउदीमा एक नेपालीको मृत्यु



रासस

साउदीमा एक नेपालीको मृत्यु

रुकुम : रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन्।

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका मनिराम रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए।

खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ।

मृतक परियारका श्रीमती र चार छोरा छन्। मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell