A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a6af92eafce09.07013425): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a6af92eafce09.07013425,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a6af92eb0f043.91556414): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a6af92eb0f043.91556414,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जनकपुरधाममा विवाह महोत्सवको रौनक
PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

जनकपुरधाममा विवाह महोत्सवको रौनक



रासस

जनकपुरधाममा विवाह महोत्सवको रौनक
फाइल फोटो

जनकपुरधाम : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन्।

यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन्। एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा भक्तजनको भीड लागिसकेको छ।

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो।

गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ।

पौराणिक व्यवस्थाअनसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलामा राखी रंगभूमि पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलामा राखी रंगभूमिमा पुर्‍याइन्छ। रंगभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ।

त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा अधिराज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन्। रंगभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्क झाँकी र लाखौँ संख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा पनि रमाइलो हुने गरेको छ।

फूलबारी प्रसंगदेखि स्वयम्बरसम्मको आयोजनाले महोत्सव देवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभूति गर्दै सहभागी मिथिलाका नारी तथा पुरुष आफूलाई धन्य सम्झन्छन्।

महोत्सवका दिन श्रद्धालु बिहान सबेरैदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन्। यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचन पनि गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell