नुवाकोट : नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का वडा सदस्य तथा नेपाली कांग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेटिएको छ।
घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विष्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए।
शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ। आज नै शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका उम्मेदवार डा रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि थापालाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भदौ ३१ गते गाउँपालिका सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै मोसो दलेर दुव्र्यवहारसमेत गरेका थिए।रासस