PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आममतदातामा कांग्रेसप्रतिको हेराइ सकारात्मकः प्रकाशमान सिंह 



पहिलोपोस्ट

आममतदातामा कांग्रेसप्रतिको हेराइ सकारात्मकः प्रकाशमान सिंह 

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको जित आवश्यकता रहेको बताएका छन्। 

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रम सिंहले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको बताए।

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सिंहले कांग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र संविधानको सफल कार्यान्वयनका लागि कांंग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे।

सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आममतदातामा कांग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उनले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell