PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पाँचथरमा इजाजत लिई हतियार राखेका ६३ मध्ये २० जनाले मात्र बुझाए



पहिलोपोस्ट

पाँचथरमा इजाजत लिई हतियार राखेका ६३ मध्ये २० जनाले मात्र बुझाए

पाँचथर :  पाँचथरमा ६३ जनाले इजाजत लिएर हतियार राखेपनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपनि २० जनाको मात्र हतियार संकलन भएको हो। 

जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाका विभिन्न स्थानका ६३ जनाले घरमा हतियार राख्ने इजाजत पाएका छन्। पछिल्लो पटक सार्वजनिक सूचना गरिएपछि २० जनाले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइमा हतियार बुझाएका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। 

इजाजत लिएर विभिन्न व्यक्तिले राखेका ६३ मध्ये २० वटा हालै प्रहरीमा संकलन भएका, दुई वटा द्वन्द्वताका तत्कालीन विद्रोही माओवादीले कब्जा गरेका र तीन वटा द्वन्द्वकालमै प्रहरीमा बुझाइएबाहेकका ३७ वटा हतियार कहाँ र कोसँग छन् भन्ने पहिचान हुन नसकेको प्रनाउ गौतमको भनाइ छ। 

पहिचान हुन नसकेका ३७ मध्ये पनि १३ जना इजाजत प्राप्त व्यक्ति जिल्लाबाट बसाइँसराइ गरेर अन्यत्र गएको तथ्यांक छ। यस्तै दुई जनाको मृत्यु भइसकेको छ। 

गौतमका अनुसार मृत्यु भएकाका आफन्तले ती हतियार आफूहरूसँग नरहेको प्रतिक्रिया दिने गरेका र २३ जना इजाजतप्राप्त व्यक्ति भने हालसम्म सम्पर्कमा छैनन्। जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाको विभिन्न गाविसमा घर भई यसअघि मन्त्री, सांसद सुरक्षा निकायको उच्च ओहदामा रहेका व्यक्तिले हतियारको इजाजत लिएको पाइएको छ।

जसमध्ये पूर्वमन्त्री पद्यसुन्दर लावती र पूर्वजिविस सभापति अइन्द्रविक्रम थाम्सुहाङको मृत्यु भइसकेको छ। उनीहरू दुवैजनाले इजाजत लिएर राखेका भएपनि मृत्यु पर्यन्त आफन्तले आफूसँग ती हतियार नभएको बताएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell