PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राजेन्द्र महतोले भने-मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहनेछ



पहिलोपोस्ट

राजेन्द्र महतोले भने-मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहनेछ

धनुषा :  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेश र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताएका छन्। 

धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी सभामा महतोले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न अपिल गरे। 

धनुषा निर्वाचन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महतोले भने,‘मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउनेलाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ।’ 

आफूहरुको आन्दोलन मधेशको अधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उनले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताए। 

महतोले राजपाले जिते मात्रै मधेशको जित हुने भन्दै मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउन आग्रह गरे।

‘कांग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन’ उनले भने,‘राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ।’रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell